म–सरिता पाठक फाउण्डेशन,गामा र युएस नेपाल वेलफेयर सोसाइटी
सिन्धुपाल्चोकको भुमथाङ गाविसस्थित बछलादेवी उच्च माविको भुकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौ । हेम–सरिता पाठक फाउण्डेशन,गामा र युएस नेपाल वेलफेयर सोसाइटीको संयुक्त पहल र सक्रियतामा सो विद्यालयका लागि सात कोठे भवन बनाउँंदै छौ । हामीलाई विद्यालय भवन निर्माण गर्न नेपालको आकृति इन्टरनेशनलले सामाजिक सत्कर्मको भावनासहित साथ दिने भएको छ । भवन निर्माण कार्यको विशेष समारोहवीच शिलान्यास समेत भएको छ । शिलान्यास समारोहमा सहभागी भएर नेता अरुण नेपाल,शिक्षा विद् खगेन्द्र अधिकारी,वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौला र चर्चित युवा गायक तथा संगितकार यमन श्रेष्ठले दिएको साथ र हौसलाप्रति आभार प्रकट गर्दछु । त्यसैगरी विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत विद्यार्थीहरु तथा स्थानीय अभिभावकको उपस्थिति,हौसला र साथप्रति पनि आभारी छौ । हामी तपाईहरुको अपेक्षा र आवश्यकता पुरा गर्न थोरै भए पनि साथ दिन पाएकोमा हामी गौरवान्वित छौ । भुकम्प प्रभावित क्षेत्रमा योगदान पु¥याउन भन्दै हाम्रो अभियानमा साथ दिने धेरै अमेरिकावासी नेपालीहरुमा उच्च सम्मान सहित धन्यवाद ज्ञापन गर्दछु । तपाईको सानो साथ र सहभागिताको मूल्य उच्च रहेको समेत स्मरण गर्दछु ।