हेम सरिता पाठक प्रतिष्ठान र कलाकार मन्चद्धार मह जोडिलाई अमेरिकाबाट अभिनन्द गर्दै बिदाई


अमेरिका, भर्जिनिया / बरिस्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यस पटक अमेरिकामा आफ्नो कार्यक्रममा नेपालीहरुबाट धेरै साथ र सहयोग पाएको बताउनुभएको छ । महले भन्नुभयो – संसारमा धेरै कार्यक्रम गरियो तर एकै पटक अमेरिकामा २८ वटा कार्यक्रम लगातार गरिएको यो पहिलो पटक हो । अन्तरराष्ट्रिय कलाकार मंच अमेरिका र हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको मह जात्रा टिमको अभिनन्दन एबम बिदाइ कार्यक्रममा बोल्दै महले भन्नुभयो – हामी पहिले देखी नै समाजमा जनचेतना जगाउन यस किसिमका कार्यक्रम गर्दै अाइरहेका छौं र गरिरहनेछौँ, अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले हामीलाई यसरी सम्झिएर अभिनन्दन गरेको मा हामी आभारी छौं ।
maha1-600x398
अमेरिकाका लागि कार्यबाहक राजदुत ॠषि राम घिमिरेले मह का कार्यक्रमले दर्शक लाई हँसाउने मात्र होइन चेतना पनि दिइरहेको बताउंदै राष्ट्रका यि महान कलाकारलाई आज अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानका माध्यमबाट अभिनन्दन गर्न पाएको मा आफु अत्यन्त हर्सित भएको बताउनुभयो । २०४६ पछी अब महले ब्यँग गर्नु पर्दैनकी भनियो तर आज सम्म देश को अवस्था झन झन जर्जर भएकोले महको अझै सार्थकता नघटेको वहाँले बताउनुभयो ।
हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठकको अध्यक्षता, परशु तिमील्सिनाको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै बरिस्ठ लोक गायक एबम पेन्सलभेनिया, म्यारिल्यान्डका लागि अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले यो बिशेष र महत्वपूर्ण कार्यक्रम आयोजना गरेर मह टिमलाई अभिनन्दन गरेकोमा ज्यादै खुशी लागेको छ भन्नुभयो ।
आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मंच केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल लामो समय देखी समाज मा, देशमा भएका बिसंगति बिकृतिका बिरुद्ध हास्यब्यँगको माध्यमबाट अभियान चलाउँदै आउनुभएका मह सबैका आदरणिय कलाकार र साझा कलाकार भएता पनि देशको फोहोरी राजनीति र जात जाती, भाषा भासी, क्षेत्रगत लडाईंको असर परेर अमेरिकामा पनि यि साझा कलाकार का बिरुद्ध केही ठाउँ मा असहयोग गर्न खोज्नेहरु देखिएको घटनाले मंच दुखी भएको बताउनुभयो । श्री खनालले मह जोडी, किरण केसी, शिवहरी पौडेल सहित को टिमलाई वहाँहरुले कलाकारको रुपमा समाजका लागि राष्ट्रका लागि दिएको अतुलनिय योगदानको लागि दुई संस्थाहरु अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठान मिलेर यसरी अभिनन्दन गर्न लागिएको बताउनुभयो ।
कार्यक्रमका अर्का आयोजक हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठक ले मह टिमलाई कार्यक्रम का लागि बधाई दिँदै वहाँहरुको योगदानअको तारिफ गर्नुभयो । भ्रष्ट्राचारको बिरुद्धमा काम गर्दै आएको हेम सरिता पाठक प्रतिष्ठान र मह जोडिले हास्यब्यंग तरिकाले गरेको भ्रष्ट्राचार अभियान मिलेकोले आफुहरुले सदैब मह जोडिलाई सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष हेम पाठकले बताउनुभयो । पाठकले आफुहरुले आगामी दिनमा पनि मह जोडिसंग मिलेर काम गर्ने बताउनुभयो । पाठकले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद प्रकट गर्दै मह टिम सँगको दसैंको क्षण स्मरणिय रहने बताउनुभयो । यस्ता महान कलाकारहरुलाई अभिनन्दन गर्न पाएकोमा अन्तरराष्ट्रिय कलाकार मंच र आफ्नो संस्था हेम सरिता पाठक प्रतिस्ठान गौरबान्दित भएको पाठकले बताउनुभयो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जेनि पाठकले पठाईदिनुभएको मायाको चिनो संस्थाका संरक्षक सरिता पाठकले प्रदान गर्नुभयो ।
यस पटकको कार्यक्रमको सँयोजन गरेका संचारकर्मी रबी लामिछानेले मह टिम सँग काम गर्न पाएकोमा गर्ब महसुस भएको बताउनुभयो ।
समाजसेबी, चार्टर एकाउण्टेन एबम अमेरिकि डेमोक्रेटिक पार्टीका युबा नेता हरि शर्माले पनि मह टिमको योगदान को प्रशंशा गर्दै यस्ता कलाकार हरुलाई भाईनन्दन गर्ने अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठान को पनि सर्हाना गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानका तर्फबाट राम प्रसाद खनाल, हेम पाठक, काबा राजदुत ॠषि राम घिमिरे, अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले संयुक्त रुपमा बरिस्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, किरण केसी, बसुन्धारा भुसाल, शिवहरी पौडेल, रबी लामिछाने, यमन श्रेष्ठ, मोहित आचार्य, गौरिशंकर ध्वजु, रमिला आचार्य लाई अभिनन्दन तथा सम्मान गर्नुभएको थियो । अभिनन्दन लगत्तै बिदाइ भोज आयोजना पनि गरिएको थियो । उक्त कार्यक्रममा न्यु योर्कमा भएको कारण अनुपास्थित बसुन्धारा भुसालको अभिनन्दन पत्र रबी लामिछाने हस्ते हस्तान्तरण गरिएको थियो ।
http://whitehimal.tv/mahajodi/

Comment Here !