अस्टिनमा अध्यागमन सम्बन्धी छलफल कार्यक्रम
पिया रबिन- अस्टिन,टेक्सासब, टेक्सासको राजधानी अस्टिनमा हेमसरिता पाठक प्रतिष्ठानले अध्यागमन सम्बन्धी जानकारी मूलक छलफल तथा विचार गोष्ठी कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा अमेरिकामा ब्यवसायी रूपमा प्रतिष्ठित अधिवक्ताद्वय विनोद रोक्का र दुर्गा भुर्तेलले उपस्थित अस्टिनवासीहरूको सोधिएका प्रश्नहरूको जवाब र समस्याका समाधान कसरी गर्न सकिन्छ भन्ने कुराहरू प्रस्त पार्नु भएको थियो ।
हिमेश ओलीको अध्यक्षतामा मदन सिवाकोटीले सञ्चालन गरेको यस कार्यक्रममा देवी आचार्य, एकराज भट्टराई, नवीन दाहाल, सुदर्शन धिताल, प्रेम पाण्डे लगायत वक्ताहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेको थियो । त्यसै गरी संस्थाका संरक्षक हेम पाठकले संस्थामा आबध्द सम्पूर्ण मित्र र यहाँहरूको सहयोगले नै यो संस्था अघि बढ्न सकेको हो, र यसको निमित्त सबैलाई म हार्दिक धन्यवाद तथा श्रध्दा व्यक्त गर्न चाहन्छु भन्नु भयो ।
– See more at: http://brtnepal.com/news.php?pid=8392#sthash.cCO7RrIo.TzuC0mlG.dpuf